टेकु क्षेत्री सुखड ,कैलाली : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को कैलाली जिल्ला अध्यक्षमा तपेन्द्र शाह सर्वसम्मत चयन भएका छन् । साथै क्रान्तिकारीले उनको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
मङ्गलबारदेखि जिल्लाको घोडाघोडी नगरपालिका-१ स्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा सुरु भएको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको २१ औं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको हो । दुई दिन सम्म चलेको जिल्ला सम्मेलनले आगामी २ वर्षका लागि आफ्नो नेतृत्व सर्व सम्मत रुपमा चयन गरेको छ ।
शाहको नेतृत्वमा समान ४ जना उपाध्यक्ष र सहसचिव चयन गरेको छ । उपाध्यक्षमा राजु पुन मगर, सन्तोष राना क्षेत्री, बम बहादुर बिक र प्रिया गौतम रहेका छन्, भने सचिवमा गोपाल प्रसाद रेग्मी चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा विनिता चौधरी सर्वसम्मत हुँदा सहसचिवमा सुनिता रोकाया, अर्जुन खत्री, नरेश जैशी र रोजी साउद चयन भएका छन् । उनीहरूसहित ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गरिएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247