ई-घोडाघोडी खबर

२६ कार्तिक २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • अमेरीकी राजदुत र भौतिक पुर्वाधार विकास मन्त्रीबिच धनगढीमा भेटवार्ता

    अमेरीकी राजदुत र भौतिक पुर्वाधार विकास मन्त्रीबिच धनगढीमा भेटवार्ता
    Spread the love

    सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनबीच बुधबार धनगढीमा भेटवार्ता भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासबारे छलफल भएको सो मन्त्रालयले जनाएको छ ।

    मन्त्री देउवासँग राजदूत थम्पसनले अन्तरप्रदेशको सम्बन्ध, सुदूरपश्चिम प्रदेश पछाडि पर्नुका कारणबारे चासो राख्नुभएको थियो । सो अवसरमा मन्त्री देउवाले काठमाडौंबाट टाढा हुँदा सुदूरपश्चिम विकासमा पछाडि परेको भए पनि पछिल्लो समय विकास हुँदैगएको बताउनुभएको थियो । 

    राजदूत थम्पसनले नेपालीलाई नेपालमै सीप सिकाएर यही काम गर्ने वा उद्यमी बनाउने गरेर कार्यक्रम ल्याउने आफूहरूको चाहना भएको पनि बताउनुभएको थियो । अमेरिकी राजदूतले सुदूरपश्चिम प्रदेशका जनतासँग सिधै काम गर्ने चाहना पनि व्यक्त गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बताउनुभयो ।

    राजदूतले अमेरिकाद्वारा सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सञ्चालित योजनाको अनुगमन गर्ने र यहाँका अगुवा नागरिकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी