ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • आवश्यकताका आधारमा बजेट विनियोजन गरिन्छ’

    आवश्यकताका आधारमा बजेट विनियोजन गरिन्छ’
    Spread the love

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गरिने बताउनुभएको छ । 

    दार्चुला सदरमुकामको महाकाली नगरपालिकाको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दल र कर्मचारीसँग गरिएको अन्तक्र्रियामा मुख्यमन्त्री शाहले विगतका कमजोरी सच्याएर योजना छनोट तथा बजेट विनियोजन गरिने बताउनुभयो ।

    मुख्यमन्त्री शाहले भन्नुभयो, “प्रक्रिया मिचेर आएका योजना अबका दिनमा कार्यान्वयन हुने छैनन् । पहुँचका आधारमा आएका योजनामा अनियमितताको कुरा सुनिएको छ, यो कुरालाई प्रदेश सरकारले पूर्णरूपमा निरुत्साहित गर्नेछ ।” कार्यक्रमका अधिकांश सहभागीले प्रदेशका योजना पहुँचको भरमा आउने र योजना पार्न कमिसन (प्रीपेड) दिनुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए । 

    निर्वाचित भइसकेपछि राजनीतिक दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहले सुशासनका लागि डेलिभरीमा ध्यान दिनु आवश्यक रहेकोमा जोड दिनुभयो । कर्मचारी अभावको समस्या समाधानका लागि लोकसेवा आयोगले काम गरिरहेको उहाँले बताउनुभयो ।

    दार्चुलाको समस्याबारे आफू जानकार रहेको बताउँदै उहाँले प्रमुख समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा दार्चुलाबाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य विक्रमसिंह धामी, लक्ष्मी विक, प्रदेश योजना आयोगका उपाध्यक्ष मोहनदेव विष्टलगायतको सहभागिता थियो ।  

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी