संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो पदको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। बैतडीमा नेकपा (एमाले) ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले पदमा बस्न पाउनु मतदाताको विश्वास र नेता कार्यकर्ताको समर्थनले भएको हुँदा उनीहरूको आशा पूरा गर्न निरन्तर प्रयासरत रहने बताउनुभयो।
मन्त्री भण्डारीले जनताको अपेक्षा अनुसार योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै, पार्टीको सिफारिस गरिएका योजनामा जनताको चासो र आवश्यकताको प्रतिबिम्ब पनि हुने बताउनुभयो। उहाँले योजनाहरूलाई जनताको हितमा रहेर परिमार्जन गरी कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो।
विगतको माओवादी केन्द्र नेतृत्वको सरकारको बजेट प्रक्रियामा समन्वयको अभाव भएको उल्लेख गर्दै, उहाँले अहिलेको सरकारले परिणाममुखी योजना ल्याउनेमा जोड दिनुभएको छ। विशेषगरी, उत्पादन र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने औंल्याउँदै, हालसम्म बनेका सडकहरूको उपयोगिता र बजेटको प्रभावकारितामा प्रश्न उठाउनु महत्वपूर्ण भएको बताउनुभयो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी