कञ्चनपुरको महाकाली नदी किनारमा एक जना मृत फेला परेका छन्। निर्माणाधिन चार लेन पक्की पुलको दक्षिण तर्फको नदी किनारमा शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार वडा नं. १२ घर भएर महाकालीमा बालुवा छपानको काम गर्ने करिब ६५ वर्षीय रामस्वरुप सुनारको शव आज (बुधबार) बिहान नदी किनारमा भेटिएको हो। स्थानीयले त्यसको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धानमा थालेको छ। मृत्युको कारण पोष्टमार्टम रिर्पोटपछि थाहा हुने प्रहरीले बताएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी