ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कञ्चनपुरबाट झण्डै तीन लाख मुल्य बराबरका अवैध सामान बरामद

    कञ्चनपुरबाट झण्डै तीन लाख मुल्य बराबरका अवैध सामान बरामद

    Share

     कञ्चनपुरबाट प्रहरीले झण्डै तीन लाख मुल्य बराबरका अवैध सामान बरामद गरेको छ।

    जिल्लाको भीमदत्त नगरपालिका–४ चमनचोकबाट आज विहान भन्सार छलीका सामान बरामद गरिएको हो।  प्रहरी टोलीले बिशेष सुराकीको आधारमा विभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एरफोन, वारलेस माईक, चिनी, बिडी, तेल र एक थान साईकल  समेत बरामद गरेको छ।  करिब दुई लाख ८४ हजार हजार दुईसय ३० मुल्य बराबरका अवैध समान प्रहरीले बरामद गरेको हो।

    भन्साल छलीमा संलग्न एक जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामानसहित ती व्यक्तिलाई भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री