ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा खैरो हेरोईनसहित ३ जना पक्राउ

    Spread the love

    कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन्।

    भीमदत्त नगरपालिका–११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट भीमदत्त नगरपालिका–७ बस्ने २२ वर्षीय केशवराज भट्ट र २३ वर्षीय भरत जाग्री पक्राउ परेका हुन्। दुबै जनालाई ५.०५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित इलाका प्रहरी कार्यालय गड्डाचौकीले फेला पारि दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

    यसैगरी दोधारा चाँदनी नगरपालिका–१ पक्की पुल नजिकबाट भीमदत्त नगरपालिका–१२ बस्ने २२ वर्षीय आशिष जोशी पक्राउ परेका छन्। जोशीलाई ०.२६ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी