ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद

    कञ्चनपुरमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद
    Spread the love

     कञ्चनपुरमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद भएको छ। भीमदत्त नगरपालिका–५ स्थित सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद भएको हो। मंगलवार साँझ प्रहरीले समान जाँच गर्दा दुवै पक्षबिच विवाद मच्चिएको प्रहरीले जनाएको छ।

    भारतीय सीमावर्ती शहर वनबासाबाट दुइपाङ्ग्रे साधनमा मालसामान क्यारिङ्ग गर्दै आएका उनीहरु आक्रोशित भएर सुकासालस्थित प्रहरी बिटमा तोडफोड समेत गरेका छन्। प्रहरीले चेकजाँचका नाममा अनावश्यक दुःख दिएको उनीहरूको आरोप छ। झडपमा दुवै पक्षका केही व्यक्ति घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

    तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी