कञ्चनपुरमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खडका मङ्गलवार बिहान हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घरायसी विवाद हुँदा सोमबार राति गणेशले आफ्नै ७१ वर्षका बुवा धनबहादुर खड्कामाथि चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले बताए।
उनका अनुसार बुवाको हत्या गरेर भाग्न खोजेका गणेश अहिले प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी