कञ्चनपुरमा ठूलो परिणाममा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन्। सोमवार प्रहरीले भीमदत्त नगरपालिका–१७ बासखेडाबाट वडा नम्बर–४ का २७ वर्षीय प्रदिप भट्ट र वडा नम्बर–१८ का १९ वर्षीय इनामियल राईलाई पक्राउ गरेको हो।
उनीहरुलाई ६३ एम्पुल रेक्सोजेसिससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। राईले उक्त लागुऔषध कालो पोलिथिनमा हालेर कट्टुभित्र लुकाइराखेको अवस्थामा फेला पारेको डाँगीले बताए। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी