कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट अवैध लागुऔषध खैरो हेरोईन ४९ मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–२ तेघरीका २७ वर्षीय अजय सोप, कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाईका २३ वर्षीय प्रकाश नाथ र सोही ठाउँका २३ वर्षीय दिपेन्द्र साउँद रहेका छन्।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको म.२ प ४३६४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी