कैलारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरबाट ६ बढीको स्वास्थ्य उपचार गरिएको छ। लायन्स क्लब धनगढी सञ्जीवनी, धनगढीको निसर्ग हस्पिटल र कैलालरी गाउँपालिकाको सहकार्यमा स्वास्थ्य शिविर आयोजना भएको हो।
स्वास्थ्य शिविरमा आएका ६ सय २० जनाको उपचार गरिएको स्वास्थ्य शिविरका संयोजक डाक्टर मेराज आलम अन्सारीले बताए। उनले शिविरबाट सर्जरी सेवा, प्रसुती सेवा, हाडजोर्नी, मानसिक रोग, जनरल चिकित्सा सेवा र बाल रोग, दन्त उपचार र अल्ट्रासाउन्ड गरिएको बताएका छन्।
शिविरमा उपचार गर्न आउने सबै बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको डाक्टर अन्सारीले बताए।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी