कैलाली उपमहानगरपालिका आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन व्यस्त रहेका छन् ।
नेपालबाट मनसुन नबाहिरिएकाले धान काटेर हतारमा भित्र्याउन लागिएको धनगढी उपमहानगरपालिका–७ मनहेराका कृषक भज्जी रानाले बताउनुभयो । एक बिघा जमिनमा लगाएको धान भित्र्यासकेको जानकारी उहाँले दिनुभयो ।
तरकारी, आलु, लगाउने खेतमा रहेको धान भित्र्याउन किसान व्यस्त छन् । यस वर्ष वर्षाले क्षति नपुगेका कारण कैलालीमा धान उत्पादन राम्रो भएको जनाइएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार कुल ८९ हजार ९३५ हेक्टर कृषि योग्य जमिन यो जिल्लामा ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247