कैलालीको गोदावरीमा हावाहुरीले १ विद्यालयसहित ६ घरमा क्षति पुर्याएको छ।
गएराति आएको हावाहुरीले कैलालीको गोदावरी नगरपालिका–११ मा रहेको धर्म सिंहको टीनको छानो, जानकीदेवी कोलीको १ तले घरको छानोसहित ३ कुन्टल गहुँ, ५ बोरा धान, जुहारी लुहार, लालीदेवी खड्काको १ तले घरको जस्तापाता र १ कुन्टल गहुँ, निर्मल खत्रीको २ तले घरमा, हरीलाल खत्रीको जस्तापाता उडाउनुका साथै दुर्गा माध्यामिक विद्यालयको १ तले टिनको छानो उडाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए।
उनकाअनुसार अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी