ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी दुर्घटना, १३ जना घाइते

    कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी दुर्घटना, १३ जना घाइते
    Spread the love

    अछाम, असोज २३ गते । कैलालीबाट अछाम आइरहेको हाइस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

    दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङगेश्वर नजिक मङ्गलबार साँझ सडक भित्तामा ठोक्किएर दुर्घटना हुँदा उक्त गाडीमा सवार १३ जना घाइते भएको अछाम प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये तीन जना गम्भीर, पाँच जना मध्यम र पाँच जना सामान्य रहेकोे अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । घाइते सबैलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको भण्डारीले जानकारी दिनुभयो ।

    घाइते हुनेमा अछाम जिल्ला ढकारी गाँउपालिका–८ की ४ वर्षीया नेहा खड्का, मंगलसेन नगरपालिका– १२ का ५० वर्षीय पार्वती शाही र दैलेख जिल्ला आठबिस नगरपालिका–४ का २५ वर्षीय रिदम शाहीको अवस्था गम्भीर रहेको छ ।

    नेहा र पार्वतीको टाउको र रिदमको अनुहार र खुट्टका गम्भीर चोट लागेको अछाम प्रहरीले जानकारी दिएको छ । मंगलसेन नगरपालिका–१४ का ३५ वर्षीय केशर सोडारी, ५६ वर्षीय जैसरा भण्डारी, ६१ वर्षीय नरबहादुर सोडारी घाइते हुनुभएको छ ।

    यस्तै सामन्य घाइते हुनेमा मंगलसेन नगरपालिका–१४ की ३७ वर्षीय डिक्रा सोडारी, १३ वर्षीय किस्मत वयक, ४५ वर्षीय देवेन्द्र शाही, ५ वर्षीय अमिक शाही हुनुहुन्छ ।

    दुर्घटनामा ढकारी गाउँपालिका–८ का ८ वर्षीय कृष्ण खड्का, २५ वर्षीय चम्फा खड्का, कैलाली जिल्लाको लम्की चुहा नगरपालिकाका ४१ वर्षीय बिमा बुढा पनि घाइते हुनुभएकोृ छ ।

    सु.प्र ०१००१ ख ३०४६ नम्बरको गाडी अचानक सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीका चालक बिमल दमाई फरार रहेको र खोजी कार्य भइरहेको बताइएको छ । दैलेख प्रहरीले दुर्घटना बारे थप अनुसन्धान पनि गरिरहेको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी