ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कैलालीमा घरेलु मदिरा बरामद गरी नष्ट

    कैलालीमा घरेलु मदिरा बरामद गरी नष्ट

    Share

     कैलालीमा घरेलु रक्सी बरामद गरी नष्ट गरिएको छ। जिल्लाको कैलारी गाउँपालिकाका विभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय हसुलियाले ९० लिटर घरेलु रक्सी बरामद गरी नष्ट गरेको हो। 

    जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशानुसार बुधवार इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख प्रहरी नायव निरिक्षक राजेन्द्रसिंह कार्कीको कमाण्डमा वडा नम्बर–६ को भगतपुर, धर्मपुर, खरुवाखेरा र वनकट्टामा खटिएर स्विप अप्रेसन गर्दा अवैध रुपमा उत्पादन गरेर बिक्री वितरणका लागि राखिएका ९० लिटर घरेलु रक्सी बरामद गरिएको हो। बरामद गरिएको रक्सी स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री