ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • कैलालीमा पाँच गोलिया सालको काठ बरामद

    कैलालीमा पाँच गोलिया सालको काठ बरामद
    Spread the love

     कैलालीमा पाँच गोलिया सालको काठ बरामद गरिएको छ। 

    जिल्लाको घोडाघोडी नगरपालिका वाडा नम्बर ९ को कार्यालय नजिकै पाँच गोलिया सालको काठ प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इलाका प्रहरी सुखडको समूहले रतिपुरबाट से १ त ९७०७ नम्बरको ट्याक्टरमा शनिवार राति तस्करी हुँदै गरेको अवस्थामा पाँच गोलिया सालको काठ नियन्त्रणमा लगिएको हो। १०२ दशमलव ५८ क्यूफिट सालको काठ प्रहरीले बरामद गरेको छ।

    गोप्य सूचनाका आधारमा प्रहरीले ट्याक्टरसहितको काठ बरामद गरेको हो। इलाका प्रहरी कार्यालय सुखडले काठ सव डिभिजन वन कार्यालयमा बुझाउने छ। प्रहरी देखेपछि तस्कर ट्याक्टर छोडेर फरार भएका थिए। 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी