कैलालीमा भन्सार छलीगरी ल्याइएका गहुँ बरामद गरिएको छ। सोमवार बिहान १०ः३० बजे कैलालीको कैलारी गाउँपालिका–४ भित्तरियाघाटबाट भन्सार छलीगरी ल्याएका गहुँ बरामद गरिएको प्रहरीले जनाएको छ।
कैलारी गाउँपालिका–४ भित्तरियाघाटबाट भारतबाट अबैध रुपमा भन्सार छली ल्याई मोहनपुरमा राखेको १७ कट्टा गहुँ बरामद गरिएको ईलाका प्रहरी कार्यालय हसुलिया जनाएको छ। उक्त गहुँसहित लखिमपुरखिरी ध्यानपुर ग्राम पंचायत भडारी भारतका ३० वर्षीय पप्पु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गहुँसहित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढी पठाएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिहेको जनाएको छ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247