धनगढी: कैलालीमा मंगलबार रातभर अविरल वर्षा भएको छ। मंगलबार साँझदेखि सुरु भएको वर्षा बुधवार बिहानसम्म पनि जारी रहेको छ।
वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ भने ठाउँ–ठाउँमा बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ। कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले प्रायजसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेको बताए।
खासगरी कान्द्रा नदी र मोहना नदीमा खतराको सतह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको बोहोराले बताए। विभिन्न ठाउँमा बस्ती जलमग्न र डुबानमा परेका छन्। अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढि घर डुबानमा परेको प्रारम्भीक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी