ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ 

    कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ 

    Share

    कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ भुरुवाबाट लागूऔषध १ सय २० मिलिग्रामसहित एक युवक पक्राउ परेका हुन्। कैलाली घोडाघोडी नगरपालिका–२ साडेपानीको २९ वर्षीय दिपक सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खल्तीमा लुकाईएको उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस्तै टीकापुर नगरपालिका–१ वन कार्यालय नजिक सडक खण्डबाट लागूऔषध चरेस ८ सय मिलिग्रामसहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का २७ वर्षीय पुष्पराज जैशी र सोही ठाउँका २३ वर्षीय डेनी प्रसाद जोशी रहेका छन्। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले म.२ प ८६७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चरेश फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री