कैलाली, भदौ १७ गते — कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–९ वनदेवी टोल निवासी माया विकका ५ वर्षीय छोरा अरुण रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, अरुणलाई गएराति निजकै घरमा सुतिरहेको बेला सर्पले टोकेर घाइते बनाएको थियो। उपचारका क्रममा राति १:५० बजे सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो।
त्यसैगरी, गए राति नै सर्पले टोकेर कैलालीको गोदावरी नगरपालिका–६ लालपुर निवासी अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन्। विष्टलाई निजकै किराना पसलको घर आँगनमा दाहिने खुट्टामा सर्पले टोकेको थियो। सेती प्रादेशिक अस्पताल धनगढीमा उनको उपचार भइरहेको छ। विष्टलाई कुन सर्पले टोकेको हो भन्ने जानकारी नपाए पनि उनकी अवस्था मध्यम रहेको जनाइएको छ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247