धनगढी: कैलाली जिल्लामा १८ लाख भन्दा बढी मूल्यको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीहरूले विभिन्न स्थानहरूबाट १८ लाख २४ हजार २४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेका हुन्।
प्रहरीका अनुसार कैलारी गाउँपालिका–८ लौसास्थित जंगलमा सुदूरपश्चिम प्रदेश नम्बर ०१००१ च ३९५७ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा गाडी चालक भागेका थिए। सो गाडीमा करिब १६ लाख ८४ हजार ५ सय रुपैयाँ बराबरको ४१ बोरा चिनी भेटिएको थियो।
त्यस्तै, टीकापुर नगरपालिका–८ र ९ बाट ६८ हजार ९४० रुपैयाँको प्लाष्टिक, चिनी, केराउ, चकलेट र सुर्तीजन्य पदार्थहरू बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१५ उर्मीबाट १९ हजार ७ सय रुपैयाँको चिनी र सुर्तीजन्य पदार्थ र भजनी नगरपालिका–५ कब्खेडा घाटबाट ५१ हजार १ सय रुपैयाँको आलु, विद्युतीय मोटर, र प्लाष्टिक जाली पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका प्रवक्ता कविन्द्रसिंह बोहराले अवैध सामानको नियन्त्रणमा थप कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी