ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • कैलाली अस्पतालमा बैशाख महिनाभरी निःशुल्क स्वास्थ्य चेकजाँच

    कैलाली अस्पतालमा बैशाख महिनाभरी निःशुल्क स्वास्थ्य चेकजाँच
    Spread the love

    धनगढीको कैलाली अस्पतालमा बैशाख महिनाभरी बिरामीको निःशुल्क स्वास्थ्य चेकजाँच हुने भएको छ।

    बैशाख महिनाभर स्टोन तथा यूरोलोजी र दिमाग, मेरुदण्ड तथा नशा रोग सम्बन्धि निःशुल्क चेकजाँच हुने अस्पतालले जनाएको छ।

    नयाँ वर्षको अवसर पारेर अस्पतालले बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए। अस्पतालमा कन्सल्टेन्ट युरोलोजिष्ट डाक्टर सुरेन्द्र बस्नेत र दिमाग, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ डाक्टर बिकेश खम्वु(श्रेष्ठ) द्वारा निःशुल्क उपचार हुने अस्पतालले जनाएको छ। डाक्टर बस्नेतलाई स्टोन तथा मुत्र प्रणालीमा समस्या भएका बिरामीले चेकजाँच गराएर लाभ लिन सक्ने छन्। यस्तै पत्थरी हुने समस्याको परामर्श, प्रोष्टेट ग्रन्थीको समस्या, पुरुष निःसन्तानपनको उपचार गरिने अस्पतालले जनाएको छ।

    अस्पतालले स्टोन तथा युरोलोजी सम्बन्धि शल्यक्रिया दूंरबिन प्रविधिबाट गर्दा शल्यक्रियामा १० प्रतिशत छुट, दिमाग, मेरुदण्ड तथा नशा सम्वन्धि सम्पूर्ण शल्यक्रियामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट दिने बताइएको छ। यस्तै, पिसाप, रगत, भिडियो एक्सरे, इसिजी, इको र एक्सरेमा १५ प्रतिशत छुट दिइने अस्पतालले जनाएको छ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247