ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

    कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ
    Spread the love

    कैलाली र कञ्चनपुरबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्।

    भीमदत्त नगरपालिका–४ कभर्डहल नजिकबाट लागूऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। १७ मिलिग्राम लागुऔषध र नगद १४ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका–३ का २५ वर्षीय निराजन बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट म.२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

    त्यस्तै कैलालीका भजनी नगरपालिका–५ कव्वाखेडाबाट पनि लागुऔषधसहित प्रहरीले सोही नगरपालिका–३ कनैयापुरका १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ। उनको साथबाट ३ ग्राम ८० मिलिग्राम लागुऔषध बरामद भएको हो। ती किशोर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला उक्त पदार्थसहित फेला परेका थिए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी