३० भदौ,कैलाली, कैलारी–४ ‘रुख रुपौ, बन जोगाऊ’ भन्ने मूल नाराका साथ कोसेली सामुदायिक वन उपभोक्ता समितिको १७औं साधारण सभा आज कैलारी–४, के गाउँमा सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व थागुरम चौधरीले गरेका थिए, भने प्रमुख अतिथि सामुदायिक वन समन्वय समिति अध्यक्ष रमेश चौधरी रहेका थिए।
विशिष्ट अतिथिका रूपमा सब–डिभिजन वन कार्यालय बसन्ता कैलालीका प्रमुख श्याम सुन्दर माझीको उपस्थिति रहेको थियो। अतिथिहरु वडा सदस्य लक्ष्मी चौधरी, कलिराम चौधरी जमदार, लक्ष्मी प्रसाद चौधरी, धनीराम चौधरी, थारु महालोक गायक गायक मनिराम चौधरी, बन संरक्षण सहजकर्ता लक्ष्मी चौधरी, विभिन्न वन अध्यक्षहरू लगायत गाँउका उपाभोत्तता,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
साधारण सभामा इश्वरी चौधरीले स्वागत मन्तव्य राखे। उनले उपस्थित अतिथि, उपभोक्ता, तथा वन संरक्षणप्रति प्रतिवद्ध सबैलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।
भू–पू भलामंसा थागुरम चौधरीले पनि आफ्नो मन्तव्यमा बन संरक्षणमा गाउँको ठूलो देन रहेको र पहिलेको तुलनामा अहिले बनमा उल्लेखनीय सुधार भएको बताए। उनले सामुदायिक वनको संरक्षण र विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।
साधारण सभाको विशेष आकर्षण भनेको थारु महालोक गायक मनिराम चौधरीको जनचेतनामूलक गीत थियो। उनले चोरी, शिकारी, र वन विनाशबारे सचेतना फैलाउने गीत प्रस्तुत गर्दै बन, जंगल, पंक्षी, रुखहरूको संरक्षणको आवश्यकता औंल्याए। चौधरीले वन संरक्षणका लागि चोरी, शिकारी लगायतका गैरकानुनी क्रियाकलापलाई रोक्नुपर्नेमा जोड दिएका थिए। उनले आफ्नो गीतमार्फत जनचेतना फैलाउन कोशिस गरे। उनले भने, “हाम्रो जंगल, बनस्पति, र जनावरहरू जोगाउनु हामी सबैको कर्तव्य हो। यसका लागि हामीले चोरी, शिकारी जस्ता क्रियाकलापलाई रोक्नुपर्छ। चौधरीले मनोरञ्जनात्मक गीतहरू पनि गाएर उपस्थितलाई रमाइलो गराएका थिए ।त्यस्तै लक्ष्मी चौधरीले आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रममा सांस्कृतिक र मनोरञ्जनात्मक माहोल बनाएकी थिइन ।
यस्तै सब–डिभिजन वन कार्यालयका प्रमुख श्याम सुन्दर माझीले सामुदायिक वनको संरक्षणका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान पु¥याउनुपर्नेमा जोड दिए। उनले आफ्नो कार्यालयबाट कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि रमेश चौधरीले सामुदायिक वनको कार्यविधि र कार्यान्वयन प्रक्रिया बुझ्न आवश्यक रहेको बताए। उनले उपभोक्ताहरूलाई तालिम दिने पहल गर्नका लागि आफू सदैव तत्पर रहेको बताएका थिए। उनले थपे, “वन संरक्षणले मानिसको जीवनमा दीर्घकालीन असर पु¥याउँछ। वन हाम्रो जीवनको अभिन्न अंग हो, र यसको संरक्षण बिना हामी दीर्घकालीन रूपमा टिक्न सक्दैनौं।” वन संरक्षणले केवल वातावरणीय लाभ मात्र नभई आर्थिक र सामाजिक सुधारमा पनि ठूलो भूमिका खेल्ने बताए।
यस्तै साधारण सभामा कोसेली सामुदायिक वन उपभोक्ता समितिको आर्थिक वर्ष २०८०/८१ को आय–व्याय विवरण बनकी सचिव चन्द्रा माया चौधरीले कुल ३,९७,४६७ रुपैया बराबर को आय ब्याय प्रसङ्गै कार्यप्रगती प्रतिबेदन प्रस्तुत गरेकि थिइन ।
कार्यक्रममा अध्यक्ष थागुरम चौधरीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सामुदायिक वनको संरक्षण र विकासमा अझै प्रभावकारी भूमिका खेल्न सबैलाई आग्रह गरेका थिए । र कार्यक्रम संचालन वनकी सदस्य संजु चौधरीले गरेकी थिइन ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी