ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • खाली भएका गाउँबस्ती भरिँदै

    खाली भएका गाउँबस्ती भरिँदै
    Spread the love

    बाजुरा, असोज १ गते । हिउँद र बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती अहिले भरिन थालेका छन् । रोजगारीका लागि भारत गएका युवा दसैँतिहार मनाउन गाउँ फर्किन थालेपछि हिउँदमा खाली भएका यहाँका गाउँबस्ती अहिले भरिन थालेका हुन् । रोजगारी गर्न हिउँदमा भारत गएर त्यहाँबाट केही कमाइ गरी दसैँतिहार मनाउन गाउँ आएको खप्तड छेडेदह गाउँपालिकाका–१ का रामबहादुर रोकायाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “लामो समय गाउँमै बसेर केही गरौँ भन्ने सोच छ तर यहाँ सोचे जस्तो कुनै अवसर मिल्दैन । त्यसैले दसैँमा गाउँ आए पनि फेरि घरपरिवार पाल्नकै लागि भारतमा नोकरी गर्न जान्छु ।” बाजुराका हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश युवकयुवती रोजगारीकै लागि भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । कात्तिक, मङ्सिरमा गहुँ र असारमा धान, कोदो लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि उनीहरू कामको खोजीमा नै भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी