ई-घोडाघोडी खबर

१९ आश्विन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • गठबन्धनले जनतामा आत्मविश्वास बढाएको छ: गृहमन्त्री लेखक

    गठबन्धनले जनतामा आत्मविश्वास बढाएको छ: गृहमन्त्री लेखक
    Spread the love

    नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनले राजनीतिक स्थिरता र जनताको आत्मविश्वास बढाएको बताउनुभएको छ। कैलालीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले दुई ठूला प्रतिस्पर्धी दलबीच सहमति र प्रतिस्पर्धा दुवै रहेको उल्लेख गर्दै सहमतिको आधारमा अघि बढ्दा जनतामा विश्वास बढेको बताउनुभयो।

    उहाँले दुई दलको गठबन्धनपछि देशमा परिवर्तनको थालनी भएको र १८ वर्षदेखि रोकिएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पास भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार शान्ति प्रक्रियाका बाँकी कामहरू अघि बढेकाले अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रशंसा मिलिरहेको छ।

    गृहमन्त्रीले कैलाली जिल्लाको शान्ति सुरक्षा र सीमा क्षेत्रको व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै, प्रहरी प्रशासनबाट ज्यादती हुने गुनासोहरूलाई नियन्त्रण गर्न निर्देशन दिएको बताउनुभयो।

    नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृप सुनारले जिल्लाको समग्र वस्तुस्थितिबारे मन्त्रीलाई अवगत गराएका थिए।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247