ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • गाँजासहित ८ जना पक्राउ

    गाँजासहित ८ जना पक्राउ
    Spread the love

    अत्तरिया, कात्तिक १४ गते । लागूऔषध गाँजासहित प्रहरीले ८ जनालाई  पक्राउ  गरेको छ  । गाँजा र चार सुल्पासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    पक्राउ पर्नेमा जानकी गाउँपालिका –७ बस्ने २२ वर्षीय विक्रम विश्वकर्मा, १९ वर्षीय प्रविन सिंह, २१ वर्षीय वीरेन्द्र विक, २१ वर्षीय रिजन विश्वकर्मा, २२ वर्षीय राहुल विक रहेको प्रहरीको भनाइ छ ।

    यस्तै, बर्दगोरिया गाउँपालिका –४ बौनिया बस्ने १९ वर्षीय हेमन्त तिरुवा, २६ वर्षीय तेजश विश्वकर्मा र २५ वर्षीय बिर्जु विश्वकर्मा रहेका छन् । पक्राउ सबै जनालाई जानकी गाउँपालिका–७ मोतिनगरस्थित सडक छेउमा भत्केको पुरानो घरको कोठाभित्र सामुहिक रुपमा गाँजा सेवन गरिरहेको अवस्थामा ४ वटा सुल्पा र ८० ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी