कैलालीको भासु भिरमा ट्रक खसेको छ। आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा दुर्घटना भएको हो।
जिल्लाको चुरे गाउँपालिका–५ खानीडाडास्थित भासु भिरमा ७/८ सय मिटर तल ट्रक खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्रप्रसाद बिष्टको सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० आइसर कम्पनिको ट्रक दुर्घटनामा परेको हो।
गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ। मानवीय क्षति नभए पनि गाडी र गाडीमा रहेका खालि सिलिन्डर पुर्ण क्षति भएको बताइएको छ। विष्ट लटिनाथ मार्केटिङ फर्मका सञ्चालक हुन्। सो क्षेत्रमा प्रहरी परिचालन भएर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी