ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • घाँटी रेटी बालिकाको हत्या

    घाँटी रेटी बालिकाको हत्या
    Spread the love

    बाजुरा, मङ्सिर २९ गते । बाजुरामा एक नाबालिकाको घाँटी रेटी हत्या गरिएको छ । बुढीगङ्गा नगरपालिका वडा नं –२ नडाङ्ग बस्ने वर्ष ४८ का नन्दे सनाईले ८ वर्षीया विनिता सनाईको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    सोही नगरपालिका बस्ने हर्क सनाई र तुला देवि सनाईकी ८ वर्षीया छोरी विनिता घर पछाडी खेलिरहेको बेला नन्देले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा सूचना अधिकारी जनक बोहराले जानकारी दिनुभयो ।

    नन्देले बालिकाको धारिलो हतियारले टाउँको काटेर आफ्नो घरमा लुकेर बसेको मृतक बालिकाको जेठो बुबा लुलाराम नेपालीले जानकारी दिनुभयो ।

    सनाईले बालिकालाई धारिलो हतियारले टाउँको काटेर आफ्नो घरमा लिएर घरको ढोकाको चुक्कुल लगाएर घरमा बसेको बेलामा प्रहरीले उसलाई नियन्त्रणमा लिएको सूचना अधिकारी बोहराले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अभियुक्त सनाईलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेको छ । आफन्तको जाहेरी आउने वित्तिकै उसलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।”

    अभियुक्त सनाइले हत्यामा प्रयोग गरेका हँसिया कोदालो र बन्चरो सबै हतियार नियन्त्रण गरेर उसलाई हिजै राति जिल्ल प्रहरी कार्यालयमा राखेको छ । मृतक  बालिकालाई  पनि पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखेको सूचना अधिकारी बोहराले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी