टेकु क्षेत्री , सुखड : कैलालीको घोडाघोडी नगरपालिका ७ करैंचामा बस्दै आएका २० बर्षीय खडक बोहरा अहिले मृत्यु संग लडिरहेका छन् ।
महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कानुन संकायमा अध्ययनरत उनी क्रिकेट खेल्ने क्रममा लडेर घाइते भएका थिए । उनको दाहिने पाखुरा र घाँटी बिचको हड्डि भाँचिएको छ । उनलाई उपचारका लागि भारतको दिल्ली लगिएको छ । उनको अप्रेसन गर्नुपर्ने र आर्थिक अवस्था निकै कमजोर भएकाले उपचार हुन् सकेको छैन। पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएका उनि अहिले सबै संग सहयोगको अपेक्षामा छन् । परिवारको आर्थिक स्रोत केहि नभएका उनि अहिले भारतको दिल्लीमा दिदि भिनाजु संग बस्दै मृत्यु संग लडिरहेका छन् ।
अप्रेसनमा निकै खर्च लाग्ने हुदा अहिले आर्थिक संकलन अभियान समेत संचालन गरिएको उनका निकटका साथी चन्द्र साउदले बताउनुभयो । “धेरै जनाले सहयोग गरिरहनु भएको छ” उहाले भन्नु भयो । आफ्नो साथीको अवस्था देखेर निकै दु:ख मान्दै उहाले आर्थिक समस्याले गर्दा उपचार न रोकियोस् भनेर आर्थिक संकलन अभियान संचालन गरिएको बताउनु भयो । भोलि हामी सबैलाई यस्तो समस्या पर्ने हुदा सबैले सक्दो सहयोग गरिदिनु हुन् उहाले आग्रह समेत गर्नुभयो ।
नेपालमा एभरेष्ट बैंकको खडक बोहराको खाता नम्बर ०६०००५०१२०६०७५ मा पैसा हालेर सहयोग गर्न आग्रह गरिएको छ ।तेस्तै भारतमा रहेका उनका भिनाजुको Paytm मा पैसा हालेर सहयोग गर्न आग्रह गरिएको छ ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247