ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • घोडाघोडी तालमा जलपन्छी गणना सुरु

    घोडाघोडी तालमा जलपन्छी गणना सुरु
    Spread the love

    ईन्द्रा कुमारी केसी
    घोडाघोडी (कैलाली),२३ पुस
    विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडीमा एसियन जलपंक्षी गणना कार्य सुरु भएको छ । चरा संरक्षण सञ्जाल कैलालीको आयोजनामा गणना सुरु भएको हो । हरेक बर्षको जनवरी ४ तारिख देखि १९ सम्म (पुस २० देखि माघ ६ गते) सम्म देशभरकै ताल तलैया,नदि, सिमसार क्षेत्रहरुमा जलपंक्षी गणना गर्ने गरिन्छ । सोहि अनुरुप सिमसारमा आश्रित रहेका जल पंक्षीहरुको तथ्यांक संकलनका लागि घोडाघोडीमा पनि मंगलबार देखि गणना सुरु गरेको चरा संरक्षण सञ्जाल कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिनुभयो ।
    गणनाको उद्घाटन गर्दै डिभिजन वन कार्यलय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कडेलले जैविक बिबिधताका लागि गरिने यस्ता कार्यहरुमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
    उहाले भन्नुभयो,जैविक बिबिधताले महत्वपुर्ण मानिने घोडाघोडी क्षेत्रको बिकास हुन सकेको छैन प्रदेश सरकारबाट केहि बजेट बिनियोजन गरिएपनि बिकासका कामहरु हुन सकेका छैनन् ।
    चरा अभय आरण्य क्षेत्र समेत घोषणा भईसकेको बताउदै उहाले भन्नुभयो,घोषणा पछि संरक्षणका कुनै कार्य भएका छैनन् यसका लागि संघिय सरकारलाई झक्झक्याउनु पर्छ ।
    चराहरुको संरक्षण गरि घोडाघोडीमा पर्यटकहरुलाई तान्न सक्ने वातावरण बनाउनुपर्ने घोडाघोडी १ का अध्यक्ष घनश्याम ओझा बताउनुहुन्छ । जंगली धान,लोपोन्मुख प्रजातिका चराहरु यहा रहेको बताउदै उहाले भन्नुभयो,यसको संरक्षणका लागि सबै जना एकजुट हुनुपर्छ ।
    नेपालमै सबैभन्दा धेरै तालतलैया भएको जिल्लाका रुपमा कैलाली चिनिन्छ । त्यसमध्ये सन २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सुचिकृत घोडाघोडी क्षेत्र चराहरुको वासस्थानका लागि उपयुक्त मानिन्छ । घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठूलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडी सहित २४ वटा ताल छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराको बासस्थानका लागि सबैभन्दा उपयुक्त रहेको सञ्जालका अध्यक्ष चौधरीले बताउनु भयो ।
    कैलालीको ठूलो सिमसार मानिने घोडाघोडी ताल क्षेत्रमा उत्तरी धु्रवका साइबेरिया, मङ्गोलिया,उत्तरी चिन,रसिया, कोरिया,जापान लगायतबाट आगन्तुक जलपंक्षीहरु आहाराको खोजि गदै जाडो छल्नका लागि हिउँदमा यहा आउने गर्छन ।
    घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्वपूर्ण बासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ९० प्रजातिका चरा पाइन्छन् ।
    घोडाघोडीमा तीन दिनसम्म हुने एसियन जलपंक्षी गणनामा सञ्जालका अध्यक्ष दयाराम चौधरी,सचिव रामकुमार चौधरी र जमुना न्यूरेको नेतृत्वमा तीन वटा समूह खटिएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी