ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

    घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा
    Spread the love

    १८ मंसिर, सुखड – कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१८८ को सम्पूर्ण तयारी पूरा भएको छ । “थारुने कुल देउथान हे संरक्षण ओ प्रबद्र्धन करना हमार अभियान “ भन्ने मूल नाराका साथ महोत्सव मंसिर १९ गतेदेखि सुरु हुँदैछ ।

    घोडाघोडी नगर भल्मल्सा कार्य समितिका सचिव अमन चौधरीका अनुसार महोत्सवमा १०० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले गर्ने समितिका सचिव चौधरीका जानकारी दिए ।
    तीनदिने महोत्सव
    घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज, र घोडाघोडी संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा हुने महोत्सव मंसिर १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा घोडाघोडी नगरपालिकाका ८२ गाउँका स्थानीयवासी सँगै कैलाली, कञ्चनपुर, र दाङ जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
    सांस्कृतिक झलक
    महोत्सवको मुख्य आकर्षण थारु समुदायको संस्कृति झल्काउने झाँकी, स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति, र परम्परागत नृत्यहरू हुनेछन । आयोजकका अनुसार महोत्सवमा बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगर नृत्य८८ लगायत थारु समुदायको विशिष्ट परम्परागत नृत्य प्रस्तुती हुने जनाइएको छ ।
    ऐतिहासिक र धार्मिक महत्त्व
    थारु समुदायले परापूर्वकालदेखि घोडाघोडी क्षेत्रमा लवाङ्गी पूजा मनाउँदै आएको इतिहास छ । अन्नबाली भित्र्याएपछि देवताहरूलाई चढाउने धार्मिक परम्परा अन्तर्गत लवाङ्गी पूजा विशेष रूपमा मनाउने गरिन्छ । पछिल्लो एक दशकयता यस पूजासँगै सांस्कृतिक महोत्सव पनि आयोजना हुँदै आएको छ ।
    यस महोत्सवले थारु समुदायको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै धार्मिक पर्यटनको प्रवर्द्धनमा पनि योगदान पु¥याउने विश्वास लिइएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी