ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • चट्याङ लागेर दार्चुलामा तीन जना घाइते

    चट्याङ लागेर दार्चुलामा तीन जना घाइते

    Share

    दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन्। व्यास गाउँपालिका- २ हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना संकलक घाइते भएका हुन्। 

    शनिवार राति करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते भएको प्रहरिले जनाएको छ। चट्याङ लागेर दुहुँ गाउँपालिका- २ हिकिलाका १८ वर्षीय महेश बडाल,  सोही गाउँपालिका- १ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन्।

    दार्चुला प्रहरीका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको छ। 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री