ई-घोडाघोडी खबर

१७ कार्तिक २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • चार लेनको हुलाकी राजमार्ग बन्दै

    चार लेनको हुलाकी राजमार्ग बन्दै
    Spread the love

    कैलालीको धनगढीमा चार लेनको हुलाकी राजमार्ग बन्दै छ । सहरी क्षेत्रमा फराकिलो सडक बनाउने गरी हुलाकी राजमार्गलाई चार लेनको बनाउन लागिएको हो । धनगढीको क्याम्पस रोडदेखि मनेहरासम्म कालोपत्रेको काम भइरहेको छ । 

    तीन किलोमिटरमा चार लेनको सडक बन्ने हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले बताउनुभयो । उहाँका अनुसार कालोपत्रेको काम अब अन्तिम चरणमा रहेको छ । 

    पहिलो प्याकेजको तीन किलोमिटरमा चार लेन र अन्यतिर दुई लेनको सडक बन्ने जनाइएको छ । चार लेनमा १५ मिटर चौडाइ भएको कालोपत्रे र दुई मिटरको मेडियन बन्दैछ ।

    धनगढीको क्याम्पस रोडदेखि कटैनी नदीसम्म पहिलो प्याकेज बनाइएको छ । चार लेनमा काम सकिएपछि मात्रै यो प्याकेजको बाँकी खण्डमा कालोपत्रेको काम अगाडि बढाउने तयारी भइरहेको छ । 

    २०७७ साल असार १४ गते पहिलो प्याकेजको ठेक्का सम्झौता भएको थियो । थप गरिएको समय सीमा २०८० साल पुस ९ गतेसम्म यो खण्डको काम सम्पन्न गर्नुपर्ने छ । ३७ करोड ४२ लाख रुपियाँमा ठेक्का पाएर स्वच्छन्द–जोशी जेभीले निर्माणको काम गरिरहेको छ । 

    कैलालीमा सात वटा प्याकेज बनाएर हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । आर्थिक वर्ष २०६४/६५ देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो ।

    यसअघि भारतीय सरकारको सहयोगमा भारतीय कम्पनीले नै निर्माणको काम गरेको थियो तर सो कम्पनीले अधुरै सडक नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यो राजमार्गलाई फराकिलो बनाउन सरकारले लगानी बढाएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी