ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • जनजीवन थप कष्टकर बन्दै,कैलालीमा बाढी घटेन

    जनजीवन थप कष्टकर बन्दै,कैलालीमा बाढी घटेन
    Spread the love

    धनगढी, भदौ ६ गते । कैलालीको नदीमा पानीको बहाव नघटेपछि डुबान प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।

    हिजो आएको बाढी घट्न नपाउँदै गए राति थप वर्षा भएपछि डुबान यथावत् रहेको छ । कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा डुबान भएको थियो । राति तीन घण्टासम्म कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको हो । डुबान प्रभावित क्षेत्रका स्थानीयका रातभरि बिचल्ली भएको जनाइएको छ ।

    हिजो आएको बाढीका कारण प्रभावित कैलारी गाउँपालिका–५ को मनिकापुरका स्थानीय डुबान भएको घरमा रातभरि जाग्राम बसेको बताइएको छ । यसै गरी, भजनी नगरपालिकाका डुबान प्रभावित स्थानीयको जनजीवन पनि कष्टकर बन्दै गएको स्थानीय खेम पाण्डेयले जानकारी दिनुभयो ।

    कैलालीको धेरै भूभागमा पछिल्लो तीन घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । सो कार्यालयका अनुसार भारी वर्षापछि कलरिया, कान्द्रा, घुरहा नदीसहित मोहना नदीको सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भूभागमा डुबानको जोखिम रहेको छ । नदी आसपास बसोबास बसोबास गर्ने र तल्लो तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    कैलारी–५ मनिकापुरमा डुबान प्रभावितको उद्धार गरिदैं । तस्बिर ः कुलराज चौधरी

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी