ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • जमिन भासिँदा दुर्घटनाको जोखिम

    जमिन भासिँदा दुर्घटनाको जोखिम
    Spread the love

    कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका–४ र ६ को सिमानामा रहेको उक्त पुलमा दुर्घटनाको जोखिम बढेको हो । केगाउँ र भगतपुर जोड्ने पुलको पूर्वी भागमा जमिन भासिएको छ । भासिएको क्षेत्रमा मर्मत कार्य नभएपछि दुर्घटनाको जोखिम बढेको भनाइ स्थानीयको छ ।  पुल भएर दैनिक कैयौँ मानिस सवारीसाधनबाट ओहोरदोहोर गर्ने गर्छन् । 

    भासिएको ठाउँमा स्थानीय सरकारले मर्मतको लागि ध्यान नपु-याउँदा दुर्घटनाको जोखिम बढेको कैलारी गाउँपालिका–४ के गाउँका भीम तिरुवाले बताउनुभयो ।  “बिग्रेको ठाउँमा मर्मत गर्नुपर्ने दायित्व स्थानीय सरकारको हो,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म ध्यान पुगेको देखिन्न । जसका कारण दुर्घटनाको जोखिम बढेको छ ।” 

    उहाँले जनप्रतिनिधिले चुनावको बेला बाटो मर्मत गर्ने प्रतिबद्धता जनाए पनि आफ्नो प्रतिबद्धतानुसार काम गर्न नसकेको गुनासो गर्नुभयो । केही वर्षअगाडि बाढीले कटान गरेपछि त्यो पुलको पूर्वी भागतर्फको जमिन भासिन सुरु भएको थियो ।

    जमिन भासिँदै गएर पुल पश्चिमतिर नदी पूर्वतिर जाने अवस्था सिर्जना भएको छ । बिग्रेको ठाउँमा गाउँपालिकाको कार्यालयले मर्मत गर्दै आए पनि त्यो टिकाउ हुन सकेको छैन ।

    पुलको पूर्वतर्फ देखा परेको समस्या समाधानका लागि अझै पूर्वाधार थप गर्न आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनुभयो । उहाँका अनुसार त्यसका लागि एक करोड रुपियाँको लागत स्टिमेट पनि गरिएको छ । 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी