डोटीः जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ परेका छन्। जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएको दिपायल सिलगढी नगरपालिका–७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्का ९ वर्षपछि पक्राउ परेका हुन्।
खड्कालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले आइतवार सिलगढी सांफे सडक खण्डबाट पक्राउ गरेको जनाएको छ। अदालतको मिति २०७२ श्रावण ३० गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकेपछि खड्का फरार रहेका थिए।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी