ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • जिप दुर्घटनामा चार घाइते

    जिप दुर्घटनामा चार घाइते
    Spread the love

    अछाम, कात्तिक १५ गते। वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन्। साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित मध्यपहाडी सडकमा लु १ ज ४७११ नम्बरको जिप दुर्घटना भएको हो।

    घाइते हुनेमा बाजुराको त्रिवेणी नगरपालिका-६ का नन्दा बुढा, बुढीगंगा नगरपालिका-४ का राजेन्द्र लुहार र उनका छोरा ६ वर्षका सक्षम लुहार, खप्तड छेडेदह गाउँपालिका(३ का २३ रोहित रावत घाइते हुनुभएको हो।

    घाइतेको वयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ।

    घाइतेमध्ये नन्दाको टाउको र मुखमा चोट छ भने अरूको अवस्था सामान्य रहेको बताइएको छ। सडकमा गुडिरहेको जिपको एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी