धनगढी, मङ्सिर १६ गते
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुलले आज आफ्नो पदभार ग्रहण गर्नुभएको छ। जिल्ला अदालतमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले भुललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। शपथपछि भुलले आफ्नो कार्यकाल औपचारिक रूपमा प्रारम्भ गर्नुभएको हो।
भुल नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा निर्विरोध निर्वाचित हुनुभएको हो। यसअघि प्रमुख पदमा रहेका पदमबहादुर कलेलको निधनपछि उपनिर्वाचनमार्फत नयाँ प्रमुख चयन गरिएको हो। चौधरीले समन्वय समितिको नेतृत्वलाई प्रभावकारी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। चौधरीले जिल्लाको समग्र विकासका लागि समन्वय र सहकार्यमा आधारित काम गर्ने बताउनुभएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी