ई-घोडाघोडी खबर

१८ मंसिर २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • मुख्यमन्त्री शाहले आज विश्वासको मत लिनुहुँदै

    मुख्यमन्त्री शाहले आज विश्वासको मत लिनुहुँदै
    Spread the love

    धनगढी, साउन ३० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार  प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

    तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि साउन २० गते उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिनको ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

    कांग्रेसका शाह सत्तारुढ दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । ५३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । तीनै दलको प्रदेश सभा सदस्य सङ्ख्या मिलाएर मुख्यमन्त्रीसँग स्पष्ट बहुमत रहेको छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहनुभएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी