भूकम्पले पु¥याएको क्षतिको तथ्यांक संकलन गर्न विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली डोटी पुगेको थियो। कात्तिक २३ गते डोटीको खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ६ म्याग्निचिउडको भूकम्पले पु¥याएको क्षतिको विस्तृत तथ्यांक संकलन गर्न प्राधिकरणको टोली प्रभावित क्षेत्रमा पुगेका बेला बाजुरामा पनि भूकम्प गयो। प्राधिकरणको टोली बाजुरा गयो। डोटीमा भूकम्प गएको ६ महिना भइसकेको छ।
तर क्षतिको पूर्ण तथ्याँक भने संकलन गरिएको छैन। डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्राविधिक अध्ययनको काम बाँकी रहेको बताए। उनले भने, ‘तथ्याँक छ। तर पुनः निर्माणको काम भएको छैन। प्राधिकरण र स्थानीय तहका प्राविधिकहरुले काम गर्ने हो। उहाँहरुले सक्नु भएको छैन।’ उनका अनुसार स्थानीय तहले प्राविधिक अध्ययन गर्ने हो। पुनः निर्माणका लागि पाँच लाख संघीय सरकारले दिनेछ।
भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण संकलन गर्नुका साथै स्थानीय प्राविधिकहरुलाई अभिमुखीकरण गर्न टोली सुदूरपश्चिमका पहाडी जिल्ला पुगेको हो। विस्तृत अध्ययनको लागि प्राधिकरणकबाट १३ जनाको जियोलोजिस्ट, हाईडोलोजिस्ट, ईस्टक्चर इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, सिभिल इन्जिनियरसहितको टिम प्रभावित क्षेत्र पुगेपनि विवरण संकलन भएको छैन। उनीहरुले स्थानीय तहका प्राविधिकहरुलाई तालिम दिएका छन्। स्थानीय तहका प्राविधिकहरुलाई भूकम्पले गरेको क्षतिको विवरण संकलन गर्न भनिएको छ।
कात्तिक २३ गते बुधवार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्निचिउडको भूकम्पमा परि डोटीको पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको ज्यान गएको थियो। ७ जना घाइते भएका थिए। भूकम्पबाट ८ घरमा पूर्ण क्षति पुगेको थियो भने दर्जनौँ घरमा आंशिक क्षति पुगेको थियो। उनीहरु अहिले त्रिपाल, अस्थायी घर तथा आंशिक क्षति भएका घरहरुमा बसिरहेका छन्। डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार उनीहरुका लागि अस्थायी संरचनाहरु निर्माण गरिएका छन्। रेडक्रस, स्थानीय तहहरु तथा विभिन्न संघ संस्थाहरुले अस्थायी संरचनाहरु निर्माण गरेका हुन्। तर नेपाल सरकारले गर्ने पुनः निर्माणका लागि भने अझै समय लाग्ने देखिएको छ।
बाजुरामा माघमा गएको भूकम्पका कारण भएको क्षतिको विवरण अझै संकलन गरिएको छैन्। जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु भएर गत माघमा ५ दशमलव ९ म्याग्नटूड्को भूकम्प गएको थियो। भूकपम्पका कारण भिरबाट खसेको ढुंगा लागेर गौमुल गाउँपालिका–२ कि ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो। अन्य तीन जना घाइते भएका थिए। जिल्लाका आठ स्थानीय तहका ६० घरमा पूर्ण क्षति, ५९ मा आंशिक र एक सय ३ र ५ सरकारी भवनमा आशिंक क्षति भएको थियो। तर प्राविधिक अध्ययन भने अझै भएको छैन्। बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्प पटक पटक जान थालेको बताए। उनले उद्दार, राहत वितरण, मर्मत तथा पुनः निर्माणको प्रक्रिया निरन्तर सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘पहिलाको भूकम्पको क्षतिको तथ्याँक संकलन भएको छैन। पालिकाहरुलाई फर्म भर्न भनेका छौ। प्राधिकरणले स्वीकृत गरेपछि रकम पठाउँछौ भनेका छौ।’
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पटकपटक भूकम्प गइरहेको छ। तर सरकारले भूकम्पले क्षति पु¥याएका घर तथा भौतिक संरचनाहरुको पूर्ण अध्ययन गर्न सकेको छैन्। बाजुरामा शनिवारसमेत भूकम्प गएको छ। भूकम्पका कारण मानविय तथा भौतिक क्षति हुँदै आएको छ। यसअघि गएका भूकम्पले भौतिक क्षति गरेको भएपनि पूर्ण विवरण भने संकलन भएको छैन्। भूकम्प पीडितहरु लामो समयदेखि त्रिपाल, अस्थायी घर तथा जोखिम मोलेर भत्किएका घरहरुमा बस्न बाध्य छन्।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी