ई-घोडाघोडी खबर

१८ मंसिर २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • थारु कला क्षेत्रले समाज परिवर्तनमा निर्वाह गरेको योगदानको राज्यले सम्मान गर्न सकेको छैन

    थारु कला क्षेत्रले समाज परिवर्तनमा निर्वाह गरेको योगदानको राज्यले सम्मान गर्न सकेको छैन
    Spread the love

    सुखड,कैलाली : मोडेल भानु प्रताप चौधरीले राज्यले कलाकारिता क्षेत्रको योगदान बुझ्न नसकेको बताएका छन् । आज रेडियो घोडाघोडी एफ.एमको हमार पाहुना कार्यक्रममा चौधरीले थारु कला क्षेत्रले समाज परिवर्तनमा निर्वाह गरेको योगदानको राज्यले सम्मान गर्न नसकेको बताएका हुन । पत्रकारहरूको प्रश्नको जवाफमा उनले कलाकार पनि चेतनशील नागरिक भएकाले राजनीतिमा आउनु स्वाभाविक भएको बताए ।

    कलाकार बन्न आजभोलि पैसा खर्च गरे सजिलै भइने ,पावर र पहुँचका आधारमा कलाकार हुन सकिने भन्ने पत्रकारको प्रश्नमा उनले त्यसरी क्षमता नभएर थारु उद्योगमा आएका कलाकार सीमित समयका लागि टिक्ने भन्दै क्षमता नभएका त्यस्ता कलाकार पछि उद्योगबाट आफै विस्थापित हुँदै जाने पनि उनले बताए ।
    कार्यक्रममा कलाकारहरूले गाउँ सहरका सुख दुःखलाई भिडियो,नाटक,चलचित्रको माध्यमबाट बाहिर ल्याउने र राज्यको ध्यान केन्द्रित गराउने गरेको बताए । जनताका समस्यालाई कलाकारले कला क्षेत्रबाट बाहिर ल्याए पनि त्यसमा राज्यले ध्यान दिन नसकेको उनले बताए ।


    भानु प्रताप चौधरीलाई थारु फिल्मी दुनियाँको चकलेटी मोडेलको रूपमा पनि लिइने गरिन्छ , थारु मोडेल स्टारको छवि बनाएका छन्, उनको बजारमा बिक्ने थारु भिडियो मोर प्यारी,दाङ घुम्नु मै…घुम्नु कैलाली, बैगम तुरे गैली, बाबाके सागर…लगायतको चर्चित भिडियो हरेका छन ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी