धनगढी, १४ कात्तिक । दीपावलीको अवसर पारेर सुलभ फिल्मस् प्रालिले ‘फुलीगैलैँ गेंडा गोडौली’ शीर्षकको नयाँ थारु सांस्कृतिक म्युजिक भिडियो सार्वजनिक गरेको छ। यस म्युजिक भिडियोमा चर्चित मोडल रितु चौधरी र विनर चौधरीले मुख्य अभिनय गरेका छन्।
निम चौधरीले निर्माण गरेको यो म्युजिक भिडियोमा अन्य कलाकारहरूमा रेमु चौधरी र गीता नेपाली रहेका छन्। गीतका शब्द तथा संगीत गायक खुशी रत्गैंयाको रहेको छ भने गीतमा खुशी रत्गैंया र आरजु चौधरीले आवाज दिएका छन्।
म्युजिक भिडियोको कथा तथा निर्देशन आदर्श महतोले गरेका छन्। प्रमुख क्यामेरामा दया शंकर चौधरी रहेका छन् भने असिस्टेन्ट क्यामेरा पर्सनको रूपमा छल्लु दादा र सलोन चौधरीले भूमिका निभाएका छन्। म्युजिक प्रोडक्सन म्यानेजरमा सैजन कटेज रहेका छन्, र यस प्रोजेक्टमा विनर मिझ्नीको घर धनगढीले विशेष सहयोग प्रदान गरेको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी