ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • दलित समुदायका आचार्य कृष्ण दमाईंलाई सुदूरपश्चिममा सम्मानको ओइरो

    दलित समुदायका आचार्य कृष्ण दमाईंलाई सुदूरपश्चिममा सम्मानको ओइरो
    Spread the love

    बैतडी, भदौ १४ गते । आचार्य कृष्ण दमाईंलाई हाल स्थानीय सरकारहरूबाट सम्मान थाप्न भ्याइनभ्याइ हुने गरेको छ। सामाजिक विभेदको विरुद्ध संघर्ष गर्दै संस्कृत विषयमा आचार्य उत्तीर्ण गर्न सफल भएपछि उहाँलाई सुदूरपश्चिमका विभिन्न स्थानीय तहहरूले सम्मान गरेका हुन्।

    धनगढी उपमहानगरपालिकाले आचार्य दमाईंलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ। नगरप्रमुख गोपाल हमालले आचार्य दमाईंलाई आवश्यकतानुसारको रोजगारी दिने घोषणा समेत गर्नुभएको छ। यसैगरी, बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले पनि नगदसहित दोसल्ला ओढाएर उहाँलाई सम्मान गरेको छ। विभिन्न दलित संस्थाहरूले पनि आचार्य दमाईंलाई सम्मान गरेका छन्।

    आचार्य कृष्णलाई काठमाडौँ पशुपतिमा आयोजित १०८ श्रीमद्भागवत विश्व कल्याण ज्ञान महायज्ञमा सम्मान गरिएको थियो। पशुपतिमा प्रवचन दिएपछि आफूलाई सबैले चिन्ने अवसर पाएको र सुदूरपश्चिम फर्केपछि स्थानीय तहका जनप्रतिनिधिहरू तथा दलित सम्बद्ध संघ संस्थाहरूबाट सम्मानको ओइरो लागेको उहाँले बताउनुभएको छ। उहाँले भने, “दलितले संस्कृत पढेर के हुन्छ?” भन्ने प्रश्न उठाउँथे। उहाँले थप्नुभयो, “मलाई पनि लाग्थ्यो, संस्कृत पढेर वेद पुराण पढ्न त सकिएला, तर जीवन धान्न सम्भव छैन। तर आज सबैतिरबाट न्यानो सद्भाव पाउँदा निकै खुसी लागेको छ।”

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी