ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • दार्चुलाका किसान स्याउ खेतीमा आकर्षण

    दार्चुलाका किसान स्याउ खेतीमा आकर्षण
    Spread the love

    दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । हिमाली जिल्ला दार्चुलाका व्यास, अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा स्याउ उत्पादन राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्रबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

    गत वर्ष १७० हेक्टर जमिनमा दुई हजार २३० मेट्रिक टन स्याउ उत्पादन गरिएकामा यस वर्ष १८८ हेक्टर जमिनमा दुई हजार ४७० मेट्रिक टन स्याउ उत्पादन भएको अधिकृत ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार दार्चुलामा पछिल्लो समय स्याउ उत्पादनमा किसानको आकर्षण बढ्दै गएको छ ।

    हिमाली क्षेत्रको स्याउ असोजमा मात्रै बजारमा आइपुग्ने भए पनि यस वर्ष जङ्गली जनावरको प्रकोप बढेकाले नौगाड र मार्माको स्याउ स्थानीय बजारमा आइपुगेको छ । पहिलो पटक खलङ्गा, गोकुलेश्वर बजारसम्म स्याउ पठाइएको कृषकले बताएका छन् । दार्चुलामै उत्पादन भएको स्याउको मूल्य प्रतिकिलो २५० रुपियाँ कायम गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।

    अन्य क्षेत्रमा फलेको स्याउ भने असोजपछि मात्रै बजारमा आइपुग्ने बताइएको छ । दार्चुलाको अपिहिमाल र व्यास गाउँपालिकामा सबैभन्दा बढी स्याउ फल्ने गरेको कृषि अधिकृत ठगुन्नाले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी