दार्चुलामा एक पुरुषको शव फेला परेको छ। शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको ढुङ्गामा अड्किएको अवस्थामा पुरुष शव फेला परेको दार्चुला प्रहरी ले जनाएको छ।
प्रहरी टोलीले उक्त लासलाई नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको लास घरमा राखेको र लासको हाल सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। मृतकले लगाएको ट्रयाकको खल्तीमा अन्जानी टुर एण्ड ट्राभल्स (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन, दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको छ। मृतक अन्दाजी ३०÷३५ वर्षीय रहेको प्रहरीले बताएको छ।
विज्ञापन
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी