ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा घाइते भएका ठगुन्नाको मृत्यु

    दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा घाइते भएका ठगुन्नाको मृत्यु

    Share

    दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका अमरसिंह ठगुन्नाको मृत्यु भएको छ।

    नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय ठगुन्ना बुधवार बिहान चिया पकाउने क्रममा ग्यास लिक हुँदा जलेर घाइते भएका थिए। घाइते भएका उनलाई स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको थियो। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनीएपनी नेपालगंज लगिएको थियो। उनको नेपालगंजमा उपचारकाक्रममा मृत्यु भएको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री