ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

    दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
    Spread the love

     यार्सागुम्बा टिप्न गएकालाई खाद्यन्न पु¥याउन गएकी एक महिलाको लडेर मृत्यु भएको छ।

    जिल्लाको व्यासँ गाउँपालिका–३ सल्याडीकी ३२ वर्षीया रिउली डडालको मृत्यु भएको हो। गत बिहीबार यार्सागुम्बा टिप्ने ठाउँ मुल्तीमा डेरा बनाइ दाउरा लिन गएका बेला भिरबाट लडेर डडालको घटनास्थलमै मृत्यु भएको स्थानीय कृष्णसिंह कुवरले बताए। उनी घरबाट यार्सागुम्बा पाइने लेकमा खाद्यन्न लिएर वैशाख १२ गते आफ्ना श्रीमानसँगै गएकी थिइन्।

    लेकमा दाउरा खोज्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जनाइएको छ। मृतक महिलाको दाहसंस्कारसमेत गरी सकिएको छ। उनका दुई छोरा छन्। अहिले हिमाली स्थानीय तह ब्यास र अपि हिमाल गाउँपालिकाका अधिकांश परिवार यार्सागुम्बा खोज्न लेकतिर गएका छन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी