ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • दार्चुला हिमपहिरो अपडेट: पाँच जना अझै सम्पर्कविहीन

    दार्चुला हिमपहिरो अपडेट: पाँच जना अझै सम्पर्कविहीन
    Spread the love

    दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलममा हिम पहिरोमा परेर मङ्गलवार दिउँसो २ ः ४५ बजेतिर यार्सागुम्बा टिप्न गएका १२ जनामध्ये सात जना सम्पर्कमा आए पनि पाँच जना भने अझै बेपत्ता रहेका छन् ।

    सशस्त्र प्रहरी गुल्म छाङ्ग्रुका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक तर्क पाण्डेका अनुसार सो क्षेत्रको उच्च हिमालमा अझै हिउँ र उच्च पहाडमा पानी परिरहेकोले उद्धार गर्न कठिनाइ भएको छ ।

    घटनास्थलबाट तीन घण्टा टाढा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली  मङ्गलवार दिउँसो नै सो क्षेत्रमा परिचालित छ । भने आज बुधवार बिहान पनि थप टोली परिचालन गरिएको सशस्त्र प्रनाउ पाण्डेले बताउनुभयो ।

    दार्चुलाको हिम पहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्ट सहितको सात जनाको समूह भने मङ्गलवार साँझ नै घटनास्थलमा गएको सुरक्षाकर्मीको टोलीमा सम्पर्कमा आएको थियो ।

    बेपत्ता रहेका पाँच जनामध्ये दार्चुलाको दुहुका दुई र डोटीका बुडरका तीन जना रहेको पनि सशस्त्र प्रनाउ पाण्डेले बताउनुभयो । उहाँका अनुसार हराइरहेकामध्ये डोटीका तीनै जना महिला तथा दार्चुलाको दुहु गाउँपालिकाका एक महिला र एक पुरुष छन् । 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी